हाम्रो देश
५ बैशाख २०७८, आइतवार

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५२ जनामा कोरोना संक्रमण, एक जनाले ज्यान गुमाए

काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४२ सय १३ वटा पीसीआर परिक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा ६५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्