हाम्रो देश
८ बैशाख २०७८, बुधवार

भूसाल र पाण्डेमाथिको कारबाही भद्दा मजाकः योगेश भट्टराई

काठमाडौं ।    नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी नेता घनश्याम भूसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही भद्दा मजाक भएको बताएका छन् ।

भूसाल र पाण्डेमाथि पार्टी अध्यक्ष केपी ओलीले निलम्बन गरेपछि बिहीबार सामाजिक संजामार्फत प्रतिक्रिया दिँदै भट्टराईले विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कार्वाही हुने गरेको भन्दै त्यो भद्दा मजाक भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमी अनि माक्र्सवादको उर्वर भूमी नेपालमा आजकालः विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’ ओलीले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै भूसाल र पाण्डेलाई बिहीबार ६ महिनाका लागि निलम्बन गरेका थिए । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई ओलीले निलम्बन गरेका थिए ।

प्रतिकृया दिनुहोस्