हाम्रो देश
८ बैशाख २०७८, बुधवार

गण्डकी प्रदेशमा नेपाल-खनालद्वारा समानान्तर कमिटी घोषणा

काठमाडौँ  । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहले गण्डकी प्रदेशमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

सो समूहले प्रदेशका नौ जिल्लामै समानान्तर कमिटी घोषणा गरेको हो ।

बिहीबार नेता नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयन गर्दै जिल्ला सचिवालय घोषणा गरेका हुन् ।

सो समूहले २ जिल्ला लमजुङ र नवलपुरका अध्यक्ष र सचिव को हुन् भन्ने खोलेको छैन । त्यसैगरी, मनाङ र मुस्ताङमा कमिटी गठन बाँकी रहेको छ ।

नेता पाण्डेले कास्कीमा धनराज अचार्य अध्यक्ष र सचिवमा होमबहादुर नेपाली, स्याङ्जाको अध्यक्ष रामचन्द्र भट्टराई र सचिव भुपराज अधिकारी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव रहेको घोषणा गरेका हुन् ।

उता तनहुँमा शंकनारायण श्रेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव तथा गोरखामा यादव बस्नेत अध्यक्ष र सानुमैया बस्नेतलाई सचिव घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस्