हाम्रो देश
५ बैशाख २०७८, आइतवार

आजको विदेशी मुद्राको विनिमय दर तालिका सहित

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २५ पैसा बिक्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै क्यानाडियन डलर १ को खरिददर ९२ रुपैयाँ ७६ पैसा बिक्रीदर ९३ रुपैयाँ २४ पैसा कायम भएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानिज एन १० को खरिददर १० रुपैयाँ ५३ पैसा तथा बिक्रीदर १० रुपैया ५९ पैसा रहेको छ ।साउदी अरेबियन रियल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम भएको छ ।चिनियाँ युयान १ को खरिददर १७ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्