हाम्रो देश
८ बैशाख २०७८, बुधवार

मुलुकले खोजेको प्रधानमन्त्री ओलि नै हो : पुर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए । संयोग कस्तो भने, उनमा प्रम केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् ।

त्यसरी प्रधानमन्त्री केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताएका छैनन् । तर, हरेक भेटघाटमा भन्ने गरेका छन्, ‘ओलीले केही गर्छन्’ काठमाडौंदेखि पूर्वराजा भेट्न झापा पुगेका ​पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उनले ओलीप्रति विश्वस्त हुन सकिने मनशाय व्यक्त गरेका छन् । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहेनन् ।

प्रतिकृया दिनुहोस्