हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

सचिन तेन्दुलकर अस्पताल भर्ना

काठमाडौं, चैत्त २० गते । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैठौं दिनमा मात्रै अस्पताल भर्ना हुनुभएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४७ वर्षीय तेन्दुलकरले कोभिड लागेपछि साबधानी अपनाउने क्रममा चिकित्सकको सुझाबमा अस्पताल भर्ना हुनुभएको हो । गत् मार्च २७ मा उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो । भारतले विश्वकप क्रिकेट २०११ को जितेको एक दशक पुरा भएको अबसरमा उहाँले अस्पतालबाटै सह खेलाडीलाई बधाई दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्