हाम्रो देश
८ बैशाख २०७८, बुधवार

आज कति छ नेपाली बजारमा सुनको मूल्य ?

काठमाडौँ, २० चैत । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्