हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

विज्ञापन बोर्डमा हुमागाईं र चुरे-तराई-मधेस समितिमा पौडेल नियुक्त

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

यस्तै‚ सोही बैठकले राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ। समितिको सदस्यहरुमा भेषराज आचार्य, डा. सुस्मिता ढकाल‚ बाबुकृष्ण कार्की र शशी शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्