हाम्रो देश
५ बैशाख २०७८, आइतवार

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकले के गर्यो निर्णय

काठमाडौं ।   नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले देशव्यापी रुपमा संगठन विस्तारलाई तिव्रता दिने निर्णय गरेको छ । शुक्रवार आज कलंकीमा बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले संगठन विस्तार अभियान सञ्चालनका लागि राष्ट्रव्यापी कार्यक्रम बनाउने निर्णय गरेको हो ।

त्यसका लागि आज छलफल भएपनि कार्यक्रम भोलि सार्वजनिक हुने उक्त समूहका नेता योगेश भट्टराईले जानकारी दिए । त्यस्तै राष्ट्रिय भेलामा पेश भएको अवधारणा पत्रमा १० टोलीबाट आएका सुझावलाई अन्तिम रुप दिएरु प्रकाशन गरेर कार्यकर्तामाझ वितरण गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।

‘राष्ट्रिय भेलामा पेश भएको अवधारणा पत्रमा १० टोलीबाट आएका सुझावलाई छलफल ग¥यौं । भोलि बस्ने बैठकमा अन्तिम रुप दिएर प्रकाशन गरेर पार्टीव्यापी रुपमा वितरण गर्ने छौं,’ नेता भट्टराईले भने,‘ यसअघि नै संगठन विस्तार गर्ने अभियान चलाउने भनेको छ, त्यसका लागि राष्ट्रव्यापी ढाँचा बनाउने बारे छलफल भएको छ र भोलि बस्ने बैठकले कार्यक्रमको ढाँचा बनाएर पार्टीव्यापी रुपमा सर्कुलर गर्छौं ।’

आजको बैठकले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीलाई स्वेच्छाचारी कदमको रुपमा लिएको र त्यसको निन्दा एवं भत्र्सना गरेको उनले जानकारी दिए ।

‘विधान विपरित भएको कारवाही पूर्वाग्रही छ । यसले कमरेड ओली एमालेलाई विभाजन गर्न उद्यत हुनुहुन्छ भन्ने कुरा पुष्टि यसबाट हुन्छ’ उनले भने ।

एमाले र माओवादी केन्द्र व्यूतिने फैसला अदालतले गरेको भएपनि अध्यक्ष ओलीले त्यसको कार्यान्वयन गरेको भन्दै बैठकले त्यसलाई कार्यान्वयन गर्दै पार्टी एकताको रक्षाका लागि देशभरका कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको छ ।

यस्तै यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँ’सीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँ’सीवादी भएको बताएका हुन् ।उनले मुल्य मान्यताले बनाएका नियमहरुलाई उल्लंघन गर्दै समाजलाई निरङ्कुशतातर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बताए । उनले फाँ’सीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरे ।

संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो शंकेत नभएको उल्लेख गर्दै गलत प्रवित्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने तर्क गरे । अध्यक्ष प्रचण्ड अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने बताए ।

लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्‍न आन्दोलनले स्थापित मुद्दाहरु र शहीदको रगतलाई खेर जान नदिने जिकिर गरे ।

उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए । वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको मेडिसिटी अस्पतालमा गत मंगलबार ८९ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्