हाम्रो देश
८ बैशाख २०७८, बुधवार

एक व्यापारीले चन्द्रमामा आफ्नो २ महिनाको छोरीको लागि किने जग्गा !

इन्दियाको सूरतको सरथाणा इलाकामा वसोवास गर्ने विजय कथेरियाले आफ्नी दुई महिनाकी छोरीको लागि उपहार स्वरुप चन्द्रमामा जमिन लिएका छन् । विजय शिशाको व्यापारी हो । उनले चन्द्रमामा जग्गा किन्नको लागि न्यूयोर्क इन्टरनेशनल लूनार लैंड रजिष्ट्री कम्पनीमा इमेल पठाएका थिए । कम्पनीले आवेदन स्विकार गरेको छ ।

विजय कथेरियाको घरमा दुई महिना अघि छोरीले जन्म लिएकी थिईन् । छोरीको नाम नित्या राखिन् । छोरीको जन्मको समयमा नै विजयले केही खास उपहार दिने वारे सोचेका थिए, जुन उपहार अरु भन्दा फरक होस् ।

विजय कथेरियाले न्यूयोर्क इन्टरनेशनल लूनार लैंड रजिष्ट्रिी कम्पनीसँग सम्पर्क गरे र १३ मार्चमा चन्द्रमामा जमिन किन्न अनलाईन आवेदन दिए । एक एकड भूमि किन्नको लागि दिएको आवेदन कम्पनीले स्विकार गरेको छ । त्यसपछि कम्पनीले सवै कानुनी कारवाही पुरा गरे र विजय कथेरियाको जमिन किन्ने कुराको मन्जुरी भएको इमेल गरेको थियो । त्यस पछि कम्पनीले त्यो सम्वन्धि सवै कागजात पठाएको थियो ।

विजय कथेरिया नै चन्द्रमामा जमिन किन्ने पहिलो व्यापारी हो । नित्या शायद दुनियामा नै सवै भन्दा कम उमेरकी केटी हुन्, जसको नाममा चन्द्रमामा जमिन छ । मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् । केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रे-शनको खुलासा गरेकी थिइन् ।

पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् । यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा उनकाे ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स भएकी इरालाई चर्चा कमाउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक उनिहरूका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भएकाे थियो । सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे ।

प्रतिकृया दिनुहोस्