हाम्रो देश
८ बैशाख २०७८, बुधवार

एमालेलाई एकता गर्न एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिऔं : नेता रिजाल

काठमाडौं ।   नेकपा एमालेका नेता रामप्रसाद रिजालले सर्वोच्च अदालतको फैसला अनुरुप एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पार्टीका सम्पूर्ण संरचनाहरु व्युँझाउनु पर्ने तर्क गरेका छन । दर्पण दैनिकसँग कुरागर्दै नेता रिजालले फागुन २८ को ओलीको गुट भेलाले गरेका निर्णयहरु खारेज गरि सम्पूर्ण संरचनाहरु व्युँझाउनु पर्ने बताएका हुन ।

उनले भने, ‘ओली पक्ष र नेपाल पक्षले गरेका सबै एक पक्षीय निर्णयहरु खारेज गरेमा मात्र एमाले अब एकढिकका बनाउन सकिने छ ।’ जनमतको कदर गर्न एमाले र माओवादीको गठबंधनको सरकार बनाउने त्यसको लागी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर वरिष्ठ नेता माधव कुमार नेपाल लाई प्रधानमन्त्री बनाउनु पर्नेमा नेता रिजालको तर्क छ । एमाले पार्टी र एमालेको सरकारलाई बलियो बनाउन सबैका कमिकमजोरीलाई सच्चाई अगाडी बढ्नु पर्ने भन्दै नेता रिजालले कांग्रेस र जसपालाई सरकार बनाउने चाबी सुम्पिन नहुने बताए । एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिनुपर्नेमा नेता रिजालको जोड थियो ।

उनले भने, ‘एमाले पार्टी बनाउन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगाएत सबै नेताहरुको योगदान छ त्यसैले सबैको योगदान को कदर गरौं ।’ पार्टी कमिटी लाई विधिः पद्धतिमा चलाएर जनताले वाम गठवन्धनलाई जनमत दिएकोले यही गठबन्धनको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने नेता रिजाले बताए । ‘जसको लागि एमाले पार्टीको पदाधिकारी स्थायी कमिटी र केन्द्रीय समिति को बैठक बोलाएर आवाश्यक निर्णय गरेर जानुपर्छ’ उनले भने ।

प्रतिकृया दिनुहोस्