हाम्रो देश
८ बैशाख २०७८, बुधवार

प्रधानमन्त्री ओलीले गरे एकैपटक यति धेरै जनताको मन छुने काम

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको

शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।

हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताए ।

प्रतिकृया दिनुहोस्