हाम्रो देश
५ बैशाख २०७८, आइतवार

कांग्रेसको निर्णयले देशको राजनीतिक परिस्थितिले कोल्टे फेर्यो, अब नयाँ सरकार बन्छ: अध्यक्ष प्रचण्ड

कपिलवस्तु := नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

प्रचण्डले कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ भने।’

कांग्रेसको निर्णयसँगै नयाँ सरकार गठनका बैठकहरू घनिभूत रूपले अघि बढ्ने बताउनुभएको छ । नयाँ परिस्थितिको लागि आफू छिटो काठमाडौं फर्कनुपर्ने अवस्था रहेको बताउँदै उहाँले नयाँ सरकार बन्न लागेको सबै कार्यकर्तालाई सार्वजनिक रूपमै बधाई दिनुभएको छ।

कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्