हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

बिनोद कोईरालाको संयोजकत्वमा अखिल क्रान्तिकारी नुवाकोटको ५१ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण

नुवाकोट । अखिल क्रान्तिकारी नुवाकोटको जिल्ला सम्मेलन आगामी जेठ २८ गते हुने भएको छ । सम्मेलनका लागि बिनोद कोईरालाको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।

शनिवार विदुरमा बसेको जिल्ला कमिटिको बिस्तारित बैठकले सबै स्थानीय तहमा भेला सम्मेलन सम्पन्न गर्दै जेठ २८ मा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सदस्य प्रभास सुवेदिले जानकारी दिनुभयो ।

बिस्तारित बैठकलाई सम्वोधन गर्दै माओवादी (केन्द्र) नुवाकोटका अध्यक्ष एवम प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले विद्यार्थी संगठनले गर्ने हरेक कार्यमा पार्टिको पुर्ण सहयोग रहने भन्दै संगठन निर्माण र सुदृढिकरण अभियानलाई सफलताका साथ सम्पन्न गर्न शुभकामना दिनुभयो ।

अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) लाई मजबुत बनाउँदै केन्द्रीय कार्यालयले तय गरेको २ महिने संगठन सुदृढीकरण अभियान चलाएर आगामी स्वबियु निर्वाचनमा जिल्लाका मुख्य क्याम्पसहरुमा विजय हासिल गर्न सदस्यहरुलाई परिचालन गर्ने संकल्प बैठकले गरेको केन्द्रीय सदस्य सुबेदीले वताउनुभयो ।

बिस्तारित बैठकमा संगठनका केन्द्रीय सचिब पवन कार्कीको बिशेष आतिथ्यता, संगठनका केन्द्रीय सदस्यहरु प्रदिप शर्मा, प्रभास सुबेदी, सन्जय कल्धन, संजिव फुयाल, सागर केसी, क्याम्पस जिल्ला काठमांडौ संयोजक राजेश मैनाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्