हाम्रो देश
८ बैशाख २०७८, बुधवार

चुनावमा जानुको विकल्पै छैन – विमलेन्द्र निधि

काठमाडौं ।    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अब चुनावको विकल्प नभएको बताउनु भएको छ ।

शनिबार झापामा आयोजित कार्यक्रममा बोल्दै उहाँले चाहेर वा नचाहेर भएपनि चुनावमा जानुको विकल्प नभएको बताउनुभयो । पुर्नस्थापित प्रतिनिधि सभा निष्कृय भएको अवस्था छ, यही प्रतिनिधि सभाले सरकार बदल्ने संकेत पनि देखिँदैन, अहिले देशको राजनीति जटिल अवस्थामा छ’– निधिले भन्नुभयो ।

चैत ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरेर चुनावमा जान दलहरुलाई आग्रह गर्नुभएको निधिले सुनाउनुभयो । ‘प्रधानमन्त्री ओलीले सरकार पनि गतिले चलेको छैन्, संसद पनि चलेको छैन्, चल्दैन पनि, सबै मिलेर चुनावमा जाऔं भन्नुभयो, यसबाट पनि चुनावकै संकेत मिल्छ’– निधिले भन्नुभयो ।

संवैधानिक बाटोबाटै प्रतिनिधि सभा विघटन हुने अवस्था मुलुकमा आउन थालेको समेत निधिले बताउनुभयो । ‘अहिलेको परिस्थितिमा हाम्रो सरकार फेर्न दुईवटा बाटो छ, सबै दल मिलेर अर्को प्रधानमन्त्री बनाउने वा निर्वाचनको माध्यमबाट अर्को सरकार बनाउने’– निधिले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्