हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौं ।    प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ ।

आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’सरकारले एकपछि अर्काे नयाँ काम र योजनाको थालनी गरिरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानीलगायत थुप्रै योजनामा सरकारले सफलता पाएको पनि उहाँले बताउनुभयो ।देशलाई सुरुङमार्गमा लैजानेलगायत धेरै काम सरकारले गरेको उहाँले बताउनुभयो ।

बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।इतिहास झल्कने र आधुनिकता टल्कने हिसाबले निर्माणका काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले विकासको गतिलाई रोक्न नदिइने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्