हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

जोर्डनका पुर्व राजकुमार हुसैन नजरबन्दमा

काठमाडौं । जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनका बारेमा नकारात्मक अभिब्यक्ति दिएकाे आरोपमा नजरबन्दमा परेको बीबीसीले जनाएको छ ।

पुर्व राजकुमार हुसैनले जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा नजरबन्दको सजाय सुनाईएको हो ।

राजकुमार हुसैनले आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।
हुसैनले शनिवार एक भिडियो सार्वजनिक गर्दै जोर्डनको सैन्य प्रमुखले आफूलाई बाहिर निस्कने अनुमति नभएको जानकारी दिएको बताएका हुन् ।
जोर्डनको सैन्य बलका चीफ अफ स्टाफ आफनो घरमा आई घरबाट बाहिर ननिस्कन, कोही ब्यक्तिहरुसंग भेटघाट गर्न नपाईने गरी रोक लगाउँदै नजरबन्दमा पारिएको उनको भनाई रहेको बीबीसीले जनाएको छ ।

राजकुमार किगं अबदुल्लाहका सौतेनी दाई हुसैनलाई सन् १९९९ मा जोर्डनको राजकुमारको उपाधी दिइएकोमा किगं अबदुल्लाहले सन् २००४ मा उनको उपाधि खोसेका थिए ।

प्रतिकृया दिनुहोस्