हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

‘इन्डियन आइडल’ होस्ट आदित्य र उनकी पत्नी श्वेतालाई कारोना संक्रमण

भारतीय प्लेब्याक गायक एवं ‘इन्डियन आइडल’ होस्ट आदित्य नारायण र उनकी पत्नी श्वेता अग्रवाललाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार आदित्य आफैले सामाजिक सञ्जालमा सो कुराको जानकारी गराएका हुन्।

उनले लेखेका छन्, ‘दुर्भाग्यवस मेरी श्रीमती श्वेता र म कोभिड १९ पोजेटिभ भएका छौँ। हामीले आफूलाई क्वारेन्टाइन गरेका छौँ। कृपया सुरक्षित रहनुहोस्। सुरक्षा निरन्तर अपनाउनुहोस् र हाम्रो लागि प्रार्थना गर्नुहोस्। यो समय पनि बितेर जानेछ।’

आदित्य र श्वेताले २०१० को फिल्म ‘शापित’ मा सँगै काम गरेका थिए त्यहींबाट उनीहरूको सम्बन्ध सुरु भएको थियो। गत वर्ष डिसेम्बरमा दुबैले झन्डै १० वर्षसम्मको प्रेमलाई विवाहमा परिणत गरेका थिए।

प्रतिकृया दिनुहोस्