भारतमा पछिल्लो २४ घण्टाभित्र यो वर्षकै धेरै कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ ९३ हजार २४९ जना संक्रमित भेटिएका र ५१३ जनाको मृत्यु भएको बीबीसी हिन्दीमा उल्लेख छ।
भारतमा अहिलेसम्म एक लाख ६४ हजार ६२३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ७ करोड ५९ लाख ७९ हजार ६५१ जनामा संक्रमण भएको छ। संक्रमितमध्ये हालसम्म एक करोड १६ लाख २९ हजार २८९ जना उपचार पाएर निको भएका छन्।