हाम्रो देश
८ बैशाख २०७८, बुधवार

बंगलादेशमा फेरी लकडाउन घोषणा

कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा ७ दिनका लागि लकडाउन घोषणा गरिएको छ । अवामी लिगका महासचिव अबदुल कदेरका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेकाे छ ।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले अप्रिल ५ देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउन हुने बताएका छन् । बंगलादेशमा शुक्रबार ६ हजार ८०० जनामा कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भएको तथ्यांक छ। सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरिएको थियो।

प्रतिकृया दिनुहोस्