हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

नक्कली राहदानी प्रयोग गरेको आरोपमा विमानस्थलबाट एक पुरुष पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली राहदानी प्रयोग गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । सुनसरी स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ४४ वर्षीय महेन्द्र भण्डारी नक्कली राहदानी प्रयोग गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।

हिमालयन एयरलाइन्सको जहाजबाट नेपाल आएका भण्डारीले गोरखा धुवाकोट ३ ठेगाना भएका राजु पौडेलको नामको राहदानी नम्बर ३३७३२७७ र ०९२८१९६ नम्बरका २ वटा राहदानीमा आफ्नो तस्बिर राखी दुरुपयोग गरेको प्रहरीको आरोप छ । उनले सो राहदानी प्रयोग गरी पटक पटक विदेश आवातजावत गरेको प्रहरीको भनाई छ । उनलाई अहिले आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिकृया दिनुहोस्