हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

कलीयुगका रामचन्द्र प्रधानमन्त्री बन्नका लागि अठारौ प्रयासमा : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद् गोकुल प्रसाद बाँस्कोटाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनावको तयारी गर्न सुझाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले नेता पौडेलमाथि प्रधानमन्त्री बन्नको लागि अठारौं प्रयासमा लागेको भन्दै व्यंग्य पनि कसेका छन् ।

पशुपतिनाथ गुहार्दै सञ्जालमा भनेका छन्,‘कलीयुगका रामचन्द्र प्रधानमन्त्री बन्नका लागि अठारौ प्रयासमा त्यो पनि संसदीय अभ्यास भन्दा बाहिर रहेर ।पत्याई दिनु नि कसैले त।हे! पशुपति नाथ।बरु चुनावको तयारी गरे राम्रो तनहुँका कष्ण सित।”

प्रतिकृया दिनुहोस्