हाम्रो देश
८ बैशाख २०७८, बुधवार

केपी ओली बालुवाटारको सानो गुटमा मात्रै सिमित भएः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधामन्त्री समेत रहेका आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारको सानो गुटमा मात्रै सिमित भएर बसेको बताएका छन्। काठमाडौं जिल्ला कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीले आफ्नो पार्टीलाई बिर्सिएर बालुवाटरको गुट भन्दा बाहिर निस्कन नसकेको बताएका हुन्।

‘सर्वाेच्च आदालतले नेकपा भन्ने पार्टी अलगअलग हुनु पर्छ भनेर फैसला गर्यो। त्यो फैसला राजनीतिक फैसाल भएपनि हामीले सर्वाेच्चको फैसलालाई स्वीकार गर्र्यौँ। त्यसपछि माओवादी केन्द्र आफ्नो बाटोमा लाग्यो र पूर्व एमाले पनि एकै ठाउँमा आउनु पर्ने बाध्यता भयो’, उनले भने, ‘हामीले केपी ओलाई त्यही एमालेमा आउनुस् हामी पनि त्यही एमालेमा आउँछौं भन्यौँ। दुईटै मिलेर अघि बढ्न आग्रह गर्र्याैँ तर उहाँ आउनु भएन। उहाँ बालुटारको सानो गुटमा सिमित हुनपुग्नु भयो। पार्टीलाई बिर्सनु भयो। केन्द्रीय कमिटीका सदस्यलाई जानकारी दिनु भएन। हामीसँगै बसेर बैठक बसेर छलफल गर्न चाहनु भएन।’

त्यस्तै उनले संवैधानिक निकायमा पनि ओलीले एकलौटी रुपमा नियुक्ति गरेको आरोप लगाए।

‘पार्टीलाई थाहै नदिइ संस्द भंग गरे। हामीले त्यसको विरोध गर्याैँ। एकलौटी कसैसलाई थाहै नदिइ अध्यादेश ल्याउनु भयो। संवैधानिक निकायमा मनपरी रुपमा नियुक्ति गर्नु भयो। आफ्नै आसेपासेलाई नियुक्त गर्नु भयो’, उनले भने, ‘हामीले विधि र कानूनमा चल्नु पर्छ भन्यौँ। तर केपीले पार्टी नै मै हुँ। कानूनै मै हुँ भने । राज्य नै मै हुँ भन्नु भयो । यसले पार्टीमा यसले द्धन्द्ध चर्कायो।’

प्रतिकृया दिनुहोस्