हाम्रो देश
५ बैशाख २०७८, आइतवार

आइतबार गौरीफन्टा नाकाबाट भित्रिएका ३६ जनामा कोरोना पुस्टि

धनगढीः   आइतबार भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

गौरीफन्टा नाका हुँदै भित्रिएका ८ सय ४५ जनाको ‘ऐन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको नाकामा स्थापना भएको हेल्थ डेस्कले जनाएको छ।

भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि गौरीफन्टा नाकामा धनगढी उपमहानगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर चेकजाँच गर्न थालेको छ।

प्रतिकृया दिनुहोस्