हाम्रो देश
८ बैशाख २०७८, बुधवार

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

काठमाडाैं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

प्रतिकृया दिनुहोस्