हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

जंगलमा भेटियो बिर्तामोडका व्यवसायी तिलकको शव

झापा । बिर्तामोडका एक व्यवसायी रहस्मय ढंगले मृत भेटिएका छन् । विर्तामोडमा गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राकेश थापाले संवाददातालाई जानकारी दिनु भए अनुसार हत्या हो कि होइन भन्ने प्रष्ट भएको छैन ।

उहाँले भन्नुभयो– ‘अनुसन्धानको प्रारम्भिक चरणमै छौं ।’शनिबार राति करिव साढे नौ बजे तिर चारआलीको जंगल छेउको गोरेटो बाटोमा एउटा बेवारीसे मोटरसाइकल प्रहरीले फेला पारेको थियो । प्रहरीले सो शंकासपद मोटरसाइकलाई प्रहरी कार्यलयमा लगेर राखेको थियो । सो मोटरसाइकल तिलक निरौलाको रहेको प्रहरीले पत्ता लगायो ।

तिलक तीन दिनदेखि हराइरहनुभएको थियो । त्यसपछि प्रहरीले आज मोटरसाइकल भेटिएको ठाउँ छेउछाउ खोज्दा तिलकको श’व फेला परेको हो । ‘झाडीमा उत्तानो परेको अवस्थामा शव भेटिएको हो’– प्रहरीको भनाई छ । हत्या हो कि होइन भन्ने यकिन पोष्टमार्टम पछि मात्र हुने प्रहरीले जनाएको छ । तिलकको शव पोष्टमार्टम’का लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नायव उपरीक्षक राकेशले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्