हाम्रो देश
८ बैशाख २०७८, बुधवार

एक वर्षभित्र चुनाव गर्ने गरी काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : नेता श्रेष्ठ

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले छिट्टै काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुने बताएका छन् । आइतबार काठमाडौं नेपालको एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले भने, ‘अबको केही दिनमै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ ।’

जसका लागि शुक्रबार बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिएको उनको भनाइ थियो । काँग्रेस संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने पनि बताए ।

उनले भने, ‘त्यो चुनावी सरकार हुने छ । नयाँ जनादेशका लागि अबको ६ महिना एक वर्षभित्र निर्वाचन गर्ने म्यान्डेट सहित सरकार बन्ने छ ।’ नेता श्रेष्ठले जनता पनि नयाँ जनादेशका लागि आतुर गरेको बताए ।

‘जनता नयाँ जनादेशका लागि आतुर हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा जनताले भ्रममा परेर कम्युनिस्टहरूलाई मत दिएका थिए । उनीहरु भ्रममा परेर दिएको जनमतलाई सुधार्न आतुर छन् ,’ नेता श्रेष्ठ भने ।

प्रतिकृया दिनुहोस्