हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

माधव नेपाललाई गोकुल बास्कोटाको सुझाव : प्रचण्डसँग सोझै एकता गर्नुस

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको समूहले विभिन्न अभियान घोषणा गरिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले भने साइबर ‘आक्रमण’ जारी राखेका छन्।

यसै क्रममा ओलीका विश्वासपात्र मानिने बास्कोटाले आइतबार बेलुका सामाजिक सञ्जालमार्फत नेपाल समूहलाई ‘महाझेली गुट’को संज्ञा दिएका छन्।

‘न पार्टीको नाम न चुनाव चिह्न उसै एमाले मेरो रे ! दुई महिनाअघि सूर्य चिह्न नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो। सोझै एकता गरे हुने,’ पूर्वसञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले व्यंग्य गर्दै ट्विट गरेका छन्, ‘गाईलाई घाँस हजुर भैंसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो।’

प्रतिकृया दिनुहोस्