हाम्रो देश
५ बैशाख २०७८, आइतवार

 छोरा वितेको एकमहिनामा विते पूर्व प्रधानसेनापति राणाको निधन

 काठमाडौं ।   पूर्व प्रधानसेनापति अर्जुननर्सिङ्ग राणाको ९१ बर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार बेलुका सैनिक अस्पताल छाउनीमा निधन भएको छ ।

उनलाई निमोनिया र त्यसमाथि कोरोना आक्रमण थपिएको बताइएकाे छ ।

सेनापति राणाले ०४० साल जेठ २ गतेदेखि ०४४ साल जेठ २ सम्म नेपाली सेनालाई नेतृत्व प्रदान गरेका थिए ।

त्यतिबेला सेनाप्रमुखको कार्यकाल चार बर्षको थियो । ०४६ पछि त्यसलाई तीन बर्षमा झारिएको हो ।

दुई बर्षअगाडि पत्नी वितेका राणाको एक मात्र छोरा अरुणको एक बर्ष मुम्बईमा उपचार गराएपश्चात् क्यान्सर रोगका कारण नर्भिक अस्पतालमा तीन साताअघि निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्