हाम्रो देश
५ बैशाख २०७८, आइतवार

बर्दियामा बाघको आक्रमणमा गैंडा गणकको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणमा परेर एकजना गैंडा गणकको मृत्यु भएको छ ।

आइतबार बेलुका पौने ६ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका ९ गैंडामचानस्थित बर्दिया राष्ट्रिय निकुन्जभित्र रहेका गैंगा गणनाका लागि गएका एक कर्मचारीको बाघको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार निकुञ्जमा कार्यरत ३५ वर्षका पुलीसराम थारुको बाघको आक्रमणमा परेर मृत्यु भएको हो । पुलीसराम हात्तीलाई घाँस लिन झरेको बेलामा बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ ।

बाघले झम्टिएर उनलाई करिब २ सय मिटर टाढा लगेको थियो । उनी विगत ९ वर्षदेखि हात्तीसारमा कार्यरत थिए । आफूसँगै गएका पुलीसरामलाई बाघले झम्टिएपछि असिम चौधरीले निकुञ्जमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्