हाम्रो देश
८ बैशाख २०७८, बुधवार

फेरी जनताको ढाड सेक्यो ओली सरकारले, दुई महिनामा चार पटक इन्धनको मूल्यवृद्धि

काठमाडौं।     महँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्ने काम गरेका छन् ।

सरकारले नेपाल आयल निगमभित्रको भ्रष्टाचार नघटाएपनि पटक- पटक मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको हो ।

आयल निगमले फागुनयता चार पटक इन्धनको मूल्य बढाएको छ ।

मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि आज मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने वताइएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

सरकारको निर्देशनमा नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार भन्दै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको जनाएको छ ।

यता, ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने क्रम अझै रोकिएको छैन ।

निगमले बारम्बार नेपालबाट भारतर्फ इन्धनको तस्करी भइरहे पनि रोक्न भने सकेको छैन।

प्रतिकृया दिनुहोस्