हाम्रो देश
५ बैशाख २०७८, आइतवार

कोरोना संक्रमित भएको दोस्रो दिन अक्षय कुमार अस्पताल भर्ना

बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् । सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’

एक दिन अगाडि अक्षय कुमारले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘म कोरोना संक्रमित भएको छु । सबै नियम पालना गरेर आइसोलेसनमा बसिरहेको छु । होम क्वारेन्टिनमा छु । र औषधि पनि खाइरहेको छु ।’

प्रतिकृया दिनुहोस्