हाम्रो देश
८ बैशाख २०७८, बुधवार

‘स्वेज नहर जाम हुनुमा मलाई जिम्मेवार ठहर्‍याइयो’

अघिल्लो महिना मारवा सुलेहदोरले केही अचम्मको घटना देखिन् । मिडियामा एवरगिवेन नामको एउटा जहाज स्वेज नहरमा फसेको खबर आयो । यसका कारण संसारको सबैभन्दा व्यस्त व्यापारिक मार्गमा बाधा उत्पन्न भयो र थुप्रै जहाज त्यहिँ अड्किए । जब मारवाले आफ्नो फोन हेरिन् तब उनले यसका लागि आफूलाई जिम्मेवार देखाइएको कुरा थाहा पाइन् ।

इजिप्टकी पहिलो महिला जहाज कप्तान मारवा भन्छिन्, ‘यो खबर देखेर मलाई झट्का लाग्यो ।’ जतिबेला स्वेज नहरको बाटोमा अवरोध उत्पन्न भयो, त्यतिबेला मारवा त्यहाँबाट सयौं मिल टाढा एलेक्जेन्ड्रियामा ‘आएडा–फोर’ नामको जहाजमा फर्स्ट मेटको रुपमा काम गरिरहेकी थिइन् ।

इजिप्टको मेरीटाइम सेफ्टी अथोरिटीको यो जहाजले रातो समुद्रमा भएको एउटा लाइटहाउसम्म आवश्यक सामान पुर्‍याउँछ । अरब लीग (केही अरब देशले सन् १९४५ मा मिलेर यो क्षेत्रीय संगठन बनाएका थिए) द्वारा चलाइएको विश्वविद्यालयको अरब एकेडेमी अफ साइन्स, टेक्नोलोजी एण्ड मेरिटाइम ट्रान्सपोर्ट (एएएसटीएमटी) का विद्यार्थीलाई प्रशिक्षित गर्नका लागि पनि यो जहाजलाई काममा लगाइन्छ ।

प्रतिकृया दिनुहोस्