हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

उनी प्रहरी अधिकारी हुन्, ९१ वर्षका भए र उनको कामबाट अवकाश लिने कुनै सोच छैन

काठमाडौं। के कुनै प्रहरी अधिकारीले ९१ वर्षको उमेरमा पनि ड्युटी गरिरहेका सुन्नुभएको छ । सम्भवतः सुन्नुभएको छैन । तर, अमेरिकाको अरकंसास राज्यमा एक प्रहरी अधिकारीले ९१ वर्षको उमेरमा पनि ड्युटी गरिरहेका छन् । अझै रोचक त के भने उनको जागिरबाट अवकाश लिने कुनै योजना छैन । अरकन्सासको क्यामडन सहरमा ड्युटी गर्ने यी प्रहरी अधिकारी बकशट स्मिथले अहिले हप्तामा ४ दिन काम गर्छन् ।

सीएनएनको एक रिपोर्टअनुसार खासमा स्मिथले १० वर्षअघि २०११ मा अवकाश लिएका थिए । तर, केही महिनामै उनलाई काम नगरेर बस्न कठिन भयो । उनले आफ्नो काम सम्झे र फेरि ड्युटीमा फर्किए । २०११ मा अवकाश लिँदासम्म उनले ४६ वर्ष प्रहरीको जागिर पूरा गरिसकेका थिए । त्यसपछि ५ महिनाजति घरमा बसेर बिताएपछि उनी खाली बस्न सकेनन् । उनी फेरि आफ्नो ड्युटीमा फर्किए ।

स्मिथले सबै नियम कानुनको पालना भएको छ कि छैन भन्ने निरीक्षण गर्छन् । यसका साथै स्मिथ सबै ट्राफिक स्टप, पट्रोलिङ जोन र परेड स्थलमा रहेका पुलिसकर्मीको मद्दत गर्छन् । उनी पुलिसको गाडीमा त यात्रा गर्दैनन् तर पुलिसको युनिफर्म लगाउँछन् र साथमा बन्दूक पनि राख्छन् । शहरका मेयर जुलियन लट भने स्मिथलाई बन्दूक आवश्यक नभएको मान्छन् किनकि स्मिथ पाका त छन् नै अपराधी त के अपराधीका हजुरबुवासम्मलाई चिन्छन् ।

प्रतिकृया दिनुहोस्