हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

गोकुल बाँस्कोटाको ७० करोडको टेप कता पुग्यो : डिला संग्राैला

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले स्वास्थ्य सामग्री खरिदमा ओम्नी कम्पनीलाई सरकारले ठेक्का दिएर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लगाएकी छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा संग्राैलाले पूर्वसुञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लक्षित गर्दै भनिन्, ‘पूर्वसञ्चारमन्त्रीले भन्नुभएको ७० करोडको टेप पनि कहाँ पुग्यो थाहा छैन, यस्ता धेरै भ्रष्टाचारका विषयमा सरकारले केही कारबाही गर्न सकेको छैन।’

लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धतिमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेका भन्दै संग्राैलाले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशील भएको पनि बताइन्। प्रधानमन्त्री सत्तालोलुपताको घैँटो भएको भन्दै जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभाव अधिनायाकवादी भएको उनको आरोप थियो। चाँडोभन्दा चाँडो ओलीको बर्हिगमन आजको आवश्यकता भएको उनको भनाइ थियो।

सर्वोच्चले संसद् पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओलीले शासन चलाउने नैतिक गुमाइसकेका उनको भनाइ थियो। भनिन्,’म आजै संसद‍्बाट प्रधानमन्त्रीको राजीनामा माग गर्छु।’ पूर्वमन्त्री बाँस्कोटाको राजीनामा आए पनि उनलाई कारबाही नभएको प्रति पनि संग्राैललाे रोष प्रकट गरिन्। ओम्नी प्रकरणमा लेखा समितिले बाँस्कोटालाई इंगित गरिस्कदा पनि कारबाही नभएको उनको गुनासो थियो। साथै उनले बहालबाला वनमन्त्रीले आफूलाई १ करोड ‍घुस आएको भन्ने अभिव्यक्ति लज्जास्पद भएको भन्दै यो सरकार सबैभन्दा भ्रष्टाचारी भएको जिकिर पनि गरिन्।

प्रतिकृया दिनुहोस्