हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

नेपालमा आज ह्वात्तै बढे कोरोना संक्रमित

काठमाडौं । केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या ब’ढिरहेको छ । नेपालमा आज थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संख्या हिजोको भन्दा ९० ले बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३६ जनाको पीसीआर परीक्षण भएकोमा २६६ जनालाई संक्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा १ सय २ जना संक्रमित निको भएका छन् ।यससँगै उपचार पछि निको हुने संख्या २ लाख ७३ हजार ३ सात ४२ पुगेको छ।

यस्तै, थप २ जना संक्रमितको ज्यान गएको छ ।भारतमा कोरोना संक्रमण बढेसँगै यसको प्रभाव नेपालमा पनि परेको छ। केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । संक्रमण बढ्नुमा स्वास्थ्यका मा’पदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्