हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

अन्त्यमा यसरी जित्दैछन् ओलीले, बन्यो नयाँ योजना

काठमाडौं ।    सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्ने राजनीतिक दललाई लागेको थियो अब ओलीका दिन सकिए । तर अहिले दिन प्रति दिन ओली थप शक्तिशाली बन्दै गएका छन् । सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि ओली थप शक्तिशाली बन्दै गएका छन् । प्रधानमन्त्रीकै राजीनामा माग्ने दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन भने नयाँ सरकार गठनको प्रकृया सुरु भएको छैन ।

यो सबै कुराले फेरी पनि ओली बलियो हुँदै गएको संकेत देखा परेको छ । प्रधानमन्त्री ओलीले संसद भंग गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेका थिए । सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक भन्दै पुनस्र्थापना गर्ने फैसला सुनाए पनि फेरी देशलाई चुनावमा लाने प्रयासले फेरि गति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने प्रयास चलिरहेपनि सफल हुन नसकेपछि देश मध्यावधि चुनावतर्फ बढ्ने सम्भावना बढेको हो ।

त्यसका लागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उनको चाहनाकै पक्षमा देखिएका छन् । जसका कारण नयाँ सरकार समिकरणको योजना सफल हुन सकेको छैन ।

कानुनत ओली सरकार बहुमतमा छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारण उनको वहुमत कायम छ । यदि माओवादीले समर्थन फिर्ता लिए मात्र ओली अल्पमतमा पर्छन । त्यसपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसकेपनि ठुलो दलको हैसियतले ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यतिबेला देशलाई संविधान बमोजिम अर्ली इलेक्शनमा लाने अवस्था रहन्छ । अन्तत ओलीकै चाहना बमोजिम मुलुक निर्वाचनमा जाने संकेत देखिएको हो ।

प्रतिकृया दिनुहोस्