हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

अछाममा सडक सफा गर्न गएको डोजर खस्दा चालकको मृत्यु

अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सोमबार दिउँसो बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नास्थित डोजर सडकबाट दुई सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।

कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको उनले बताए।

‘सडक सफा गर्न गएको डोजर तल खसेको भन्ने आएको छ,’ अर्यालले भने,’चालकको मृत्यु भएको छ।’

मृतक चालक डोटी शिखर नगरपालिका-२का २८ वर्षीय किरण बोगटी छन्।

थप विवरण नआइसकेको उनले बताए।

‘टोली खटिएको छ। त्यँहा सम्पर्क हुन सकिरहेको छैन,’उनले भने।

प्रतिकृया दिनुहोस्