हाम्रो देश
५ बैशाख २०७८, आइतवार

खनाल — नेपाल समुहको उद्घोष : ओलीले एकता नमाने नयाँ पार्टी निर्माणमा जुट्ने

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एकता सम्भव नभए नयाँ पार्टी निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित समानान्तर कमिटी घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले ओली समूह पार्टी एकताको पक्षमा नदेखिए नयाँ पार्टी निर्माणमा साहस गर्नुपर्ने बताएका हुन् ।

उनले नेकपा एमालेको नवीन संस्करण बनाउन सक्नुपर्ने बताउँदै कार्यकर्ताहरुलाई सोही अनुसार तयार रहन निर्देशन दिएका छन् । उनले ओली पक्ष दक्षिणपन्थी अवसरवादबाट निर्देशित रहेको भन्दै आफ्नो पक्षले समाजवादको लक्ष्यसम्म पुग्ने दृढ संकल्प बोकेको दावी गरे ।

एमालेभित्र चलेको अन्तरसंघर्ष पदका लागि नभई विधि, विधान र व्यवहारको अन्तरसंघर्ष भएको पनि नेता नेपालले प्रष्ट पारे । ओलीले नै शुरु गरेको गुटबन्दीले नवौँ महाधिवेशनसम्म आइपुग्दा पार्टी नै कब्जा गरेको उनले सुनाए ।
छैटौं महाधिवेशनपछि व्यापक गुटबन्दी शुरु भयो। ९ औँ महाधिवेशनमा पनि केपी ओलीको गुटबन्दी जारी रह्यो। दक्षिणपन्थी भड्काउमा ओलीको गुटबन्दी अग्रसर भयो। ९ औँ महाधिवेशनमा ओलीले पार्टीको नेतृत्व कब्जा गर्न सफल भए’ उनले भने ।

प्रतिकृया दिनुहोस्