हाम्रो देश
५ बैशाख २०७८, आइतवार

फिल्म ‘मास्टर’ को हिन्दी रिमेक बन्ने चर्चा, आयो सलमानलाई अफर

काठमाडौं –    साउथ फिल्मका अभिनेता विजयको फिल्म ‘मास्टर’ले दर्शकको मन निकै जित्यो ।

लोकेश कनागराजको निर्देशनमा बनेको यस फिल्म हेर्न तमिलनाडु, आन्ध्र प्रदेश लगायत भारतभरका हलमा दर्शकको भीड लाग्यो । बक्सअफिसमा पनि राम्रो कमाई गर्यो । अहिले यसै फिल्मको हिन्दी रिमेक बनाउने चर्चा छ ।

फिल्म ‘मास्टर’ को हिन्दी रिमेकमा सलमान खानलाई अफर आएको बताइएको छ । सलमानले यसअघि पनि फिल्म ‘सेथु’ को हिन्दी रिमेक ‘तेरे नाम’ मा काम गरेका थिए ।

जुन फिल्मबाट सलमान धेरै नै चर्चामा आएका थिए । भनिन्छ, साउथ फिल्मसँग सलमानको पुरानो नाता पनि छ ।

यस फिल्मको हिन्दी रिमेक बनाउन बलिउडका धेरै निर्माता इच्छुक पनि देखिएका छन् । निर्माता मुराद खेतानी यो फिल्मको हिन्दी रिमेकलाई लिएर एक महिनादेखि सलमानसँग कुराकानी गरिरहेका छन् ।

सलमान यस फिल्मको कन्सेप्टलाई लिएर सकारात्मक देखिएको भारतिय मिडियामा बताइएको छ । फिल्म मास्टरमा मास्टरको भूमिकामा विजय देखिएका छन् ।

प्रतिकृया दिनुहोस्