हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

पूर्वराजा-रानी किन जाँदैछन् भारत ?

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह भारत जाने भएका छन् । पूर्वराजा-रानी भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन चैत २६ गते बिहीबार भारत जान लागेका हुन् ।

हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ विशेष समितिको विशेष निमन्त्रणामा शाह दम्पती त्यसतर्फ जान लागेको पूर्वराजाको सचिवालयले जनाएकाे छ । मेला अप्रिल २७ सम्म चल्नेछ।

उनी कहिले फर्किने हुन् भन्नेबारे भने सचिवालयले कुनै जानकारी दिएकाे छैन ।

प्रतिकृया दिनुहोस्