हाम्रो देश
५ बैशाख २०७८, आइतवार

‘पाई नसक्नु चटके सरकार चैं दूरदर्शी मतदाताले बुद्धि पुर्‍याएरै बनाएका हुन् बा !’

काठमाडौं  ।   लेखक एवम् नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि नागरिकको सुरक्षाका लागि सरकारले कुनै चासो नदिएको गुनासो गरेका छन् ।

कोरोनाविरुद्ध परीक्षण बढाउने तथा खोप ल्याउनेतिर तत्परता देखाउनु सट्टा सरकार नागरिकलाई लकडाउनको त्रास देखाइरहेको साहित्यकार संग्रौलाले टिप्पणी गरेका छन् ।

‘कोरोना संक्रमण फेरि ह्वात्तै बढ्यो । आफ्ना अनुपम उपलब्धिहरू गन्नमै मस्त सरकारको न खोप ल्याउने तत्परता छ न परीक्षण बढाउने चेष्टा छ,’ संग्रौलाले आज (मंगलबार) बिहानै ट्वीट गरेका छन्, ‘सरकार त फेरि लकडाउन लाउनु पर्ला है भनेर जनतालाई थर्काउँदै पो छ । पाइनसक्नु चटके सरकार चैं दूरदर्शी नेपाली मतदाताले बुद्धि पुर्‍याएरै बनाएका हुन् बा !’

महामारीले टाउको उठाइरहेका बेला आफ्ना उपलब्धि गन्नमै मस्त रहेको आरोप लगाउँदै लेखक संग्रौलाले ओली सरकारलाई ‘चटके सरकार’ को संज्ञा दिएका हुन् । उनले नेपाली मतदाताले यस्तो सरकारलाई कसरी मत दिएछन् भनेर आश्चर्य पनि व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्