हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

पानी पर्दा सफा देखिएको मौसम फेरि बिग्रियो

काठमाडौं ।     केही दिनअघि खतराको तहभन्दा २ गुणा बढी पुगेको काठमाडौंको वायु बीचमा पानी परेका कारण सामान्यतया: सफा भएपनि फेरि प्रदुषित बन्दै गएको छ ।

गत पुस २१ मा उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६ सय ७ पुगेको र खतराको तहभन्दा २ गुणा बढी रहेको मौसमविद्हरुले बताएका थिए । भौगोलिक बनावटका कारण पुसदेखि नै काठमाडौं उपत्यकाको वायु बढी प्रभावित भइरहे पनि पछिल्लो एक सातादेखि तराईका विभिन्न क्षेत्रमा प्रदूषणको लेभल उच्च बिन्दुमा पुगेको हो ।

नेपालका विभिन्न भागमा वायू प्रदूषण बढेसँगै काठमाडौँ त झन संसारकै धेरै वायु प्रदूषण भएको सहरको सूचीमा पुनः पहिलो नम्बरमा पुगेको छ  । उसो तपुसदेखि हालसम्म देशभरि नै वायु प्रदूषणको मात्रा बढिरहेको छ ।

मौसमविद्हरूका अनुसार प्रि–मनसुनको समय भइसके पनि पश्चिमी वायुको प्रभाव यो वर्ष न्यून रहेकाले प्रदूषणको मात्रा घट्नुको साटो उकालो लागिरहेको हो । सुख्खा हिउँद, अत्यधिक डढेलो र पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषण सञ्चित भएर बस्दा अत्यधिक वायु प्रदूषण भएको उनीहरु बताउँछन् ।

मौसमविद् ऋषिराम शर्मा सामान्यतया: हेर्दा प्रदूषणको समस्या क्षणिक देखिए पनि दीर्घकालीन समस्या भएको बताउन हुन्छ । यही ट्रेन्डमा विकास र विनाश भइरहने हो भने केही समयपश्चात् हिउँदको समयमा काठमाडौं वायु प्रदूषणका कारण बस्नलायक ठाउँ नरहने शर्माको भनाइ छ ।

चैतको अन्तिमसम्म आइपुग्दा पनि प्रि–मनसुनको प्रभाव नदेखिएकाले वायु प्रदूषण अत्यधिक बढेको उहाँले बताउनु भयो । शर्मा भन्छन् ‘यो भनेको दिउँसो घाम लाग्ने र साँझ आँधीबेहरीसँगै पानी तथा केही भूभागमा असिना पर्ने समय हो तर पानी नै पर्न सकेको छैन् ।’

प्रतिकृया दिनुहोस्