काठमाडौं–कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब मोबाइल फोन उत्पादन बन्द गर्ने भएको छ।
वर्षौंदेखि मोबाइल फोनको व्यापारबाट नोक्सानी व्यहोर्दै आएको उक्त कम्पनीले अवदेखि घाटाको व्यापार नगर्ने निर्णय गरेको सोमवार सञ्चारमाध्यमले बताएका छन्।
ठूला मोबाइल फोन कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेपछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ।
दक्षिण कोरियाली प्रविधि कम्पनी एलजीले आफ्नो रेगुलेटरी फाइलिङमा आउँदो जुलाइ ३१ तारिखबाट मोबाइल कम्युनिकेशन युनिटले मोबाइल फोनको उत्पादन तथा विक्री बन्द गर्ने उल्लेख गरेको हो।
कुनै समय एलजी विश्वकै तेश्रो ठूलो मोबाइल फोन निर्माता कम्पनी रहेको थियो।
महँगा फोनमा सामसङ तथा एप्पलले एवं सस्ता फोनमा चिनियाँ कम्पनीले बजार कब्जा गरेपछि एलजी अप्ठ्यारोमा फस्दै गएको बताइउको छ।