हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

पुटिनले गरे आफू २०३६ सम्म राष्ट्रपति बन्न पाउने कानुनमा हस्ताक्षर

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू क्रेमलिनमै बस्न सक्ने गरी बनेको कानुनमा सोमबार हस्ताक्षर गरेका छन्। यो कानुन गत महिना दुबै सदनबाट पारित भएको थियो।नयाँ कानुनले पुटिनलाई अझै दुई कार्यकाल राष्ट्रपति हुन अनुमति दिनेछ। उनको अहिलेको ६ वर्षे कार्यकाल २०२४ मा सकिँदै छ।

गत वर्ष संविधानमै संशोधन गरेर पुटिनले आफू २०३६ सम्म क्रेमलिनमा रहेन सुनिश्चितता गरेका थिए। ६८ वर्षीय पुटिन अहिले लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेका छन् भने यसअघि पनि उनी दुई पटक राष्ट्रपति भइसकेका छन्। नयाँ कानुनले उनलाई ८३ वर्षको हुँदासम्म शक्तिमा रहिरहन दिनेछ। आलोचकहरूले संवैधानिक कू भनेको पुटिनको आफ्ना लागि संविधान बदल्ने कदमलाई पारित गराउन पोहोर साल उनले पेन्सनलगायतका मुद्दासँगै जनमत संग्रह गराएका थिए।

प्रतिकृया दिनुहोस्