हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

दुवै डोज भ्याक्सिन लगाएको डेढ महिनापछि अर्जेन्टिनाको राष्ट्रपति कोरोना संक्रमित

काठमाडौं। अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज कोरोना संक्रमित भएका छन् । गएको जनवरीमा सार्वजनिक रुपमा रुपमा निर्मित स्पुतनिक भी भ्याक्सिन लगाएका फर्नान्डेज अढाइ महिनापछि अहिले संक्रमित पाइएका हुन् । डेलीमेलका अनुसार ६२ वर्षका फर्नान्डेजले २१ जनवरीका दिन ब्युनस आयर्स अस्पतालमा सार्वजनिक रुपमा खोप लगाएका थिए ।

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि फर्नान्डेजको कोरोना परीक्षण गरिएको थियो जसमा उनको रिपोर्ट पोजेटिभ आएको छ । फर्नान्डेजले आफू प्रोटोकल पालना गर्दै आइसोलेट भएको र निजी डाक्टरको निर्देशन लिइरहेको बताएका छन् । राष्ट्रपतिको मेडिकल टिमले उनीमा लक्षण नदेखिएको र उनको अवस्था स्थिर रहेको बताएका छन् । फर्नान्डेजले स्पुतनिक भ्याक्सिनको दुवै डोज लिइसकेका थिए । उनले पहिलो डोज जनवरीमा र दोस्रो डोज फेब्रुअरीमा लिएका थिए ।

यससँगै यो भ्याक्सिनले कुनै व्यक्तिको शरीरमा भाइरसको प्रवेशलाईै रोक्न सक्छ कि सक्दैन भन्ने अस्पष्ट भइको छ । अहिलेसम्म विकास भएका भ्याक्सिनले मानिसको शरीरमा भाइरस प्रवेश गर्न नै रोक्न नसक्ने तर लक्षण देखिन र बिरामी पर्नबाट बचाउने बताइएको थियो । अर्जेन्टिना दक्षिण अमेरिकामा स्पुतनिक भ्याक्सिन लगाउन सुरु गर्ने पहिलो देश थियो । अर्जेन्टिनाले डिसेम्बरमा भ्याक्सिन अभियान सुरु गरेको थियो र करिब २५ मिलियन डोज अर्डर गरेको थियो ।

प्रतिकृया दिनुहोस्