हाम्रो देश
८ बैशाख २०७८, बुधवार

नेपालको राजनीति हाम्रो एजेण्डाभन्दा बाहिर गएको छैनः प्रचण्ड

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तात्कालिक कार्यभार सरकार परिवर्तन गर्नु रहेकाे बताए । मंगलबार रुकुम जाने क्रममा नेपालगञ्जमा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारलाई विस्थापन र नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

उनले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको पनि बताए । ‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैन । हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छौ र त्यो प्रक्रियामा छलफल चलिरहेको छ’, अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिकृया दिनुहोस्