हाम्रो देश
५ बैशाख २०७८, आइतवार

मन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी कारबाहीमा

काठमाडौं ।    नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेर मन्त्री बनेका चार जना सांसदमाथि कारबाही गरेको छ ।

माओवादीले एमाले प्रवेश गरेर मन्त्री बनेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गौरी शंकर चौधरीलाई कारबाही गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् । योसँगै उनीहरुको सांसद पद रहने छैन भने मन्त्री पदमा पनि जोखिममा परेको छ ।

साथै माओवादी केन्द्रले चार जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ ।

उनीहरुसँग ओली सरकारको मन्त्री बनेका रामबहादुर थापालाई पनि भने कारबाही गरेको सूचना मंगलबार नै संसद सचिवालय पठाउने तयारी माओवादी केन्द्रले गरेको छ ।

प्रतिकृया दिनुहोस्