आगामी आर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ । बहुवर्षीय कार्यक्रमका रूपमा ल्याउन लागिएको कार्यक्रमको कार्यविधिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी जेठ १५ गते ल्याइने बजेटका लागि स्वीकृत भएको कृषिका विविध कार्यक्रममध्ये युवा विशेष कार्यक्रम नयाँ कार्यक्रम हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत २५ अर्ब २४ करोड कुल बजेटमध्ये आधा दर्जन योजना अर्बमाथिका छन् भने दर्जन बढी कार्यक्रम कम रकमका छन् । युवालाई कृषिमा आकर्षित गर्न ल्याउन लागिएको कार्यक्रमका लागि युवाहरूले घरमै बसेर आवेदन दिन सक्ने र उनीहरूलाई आफ्नो रुचिको कृषि उद्यमका लागि अनुदानको व्यवस्था गर्ने गरि मन्त्रालयले कार्यविधि तयारी गरिरहेको छ । युवालाई ५० प्रतिशत अनुदानमा कृषि उद्यममा उत्प्रेरित गर्ने कार्यक्रमको सफलताको लागि अनुगमन प्रणालीलाई बलियो बनाइने कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले बताए । “एक वर्षमा एक हजार युवालाई स्वरोजगार बनाउने गरि कार्यक्रम स्वीकृत भइ कार्यविधि बनाइरहेका छौं,” मन्त्री खनालले भने, “हजार युवालाई सञ्चार नेटवर्कमा जोेडेर सिंहदरबारबाट परिचालन र नियमन गर्ने प्रणालीसहितको कार्यक्रम ल्याउदैछौं, यसको प्रभावकारीतामा पूर्ण विश्वस्त छु ।” कृषि उद्यम गर्न चाहने युवाहरू मात्र कार्यक्रममा जोडिने गरि कार्यक्रमको मोडालिटी विकास गरिरहेको उनले बताए । आगामी आर्थिक वर्षको सुरुवातमै लागू हुने कार्यक्रमअन्तर्गत मन्त्रालयले दरखास्त आह्वान गर्नेछ भने युवाहरूले आफ्नो क्षेत्रको अनुकुलता, क्षमता, दक्षता र चाहना अनुरूपको कृषि उद्यम गर्न अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था गरिने भएको छ । कुन कृषि कर्म गर्दा उचित होला भनेर अन्योलमा रहेका युवाले पनि दरखास्त आह्वान गर्न सक्नेछन् । मन्त्रालयका अनुसार आवेदन आएकामध्ये एक हजार युवा पहिलो वर्ष छनोटमा पर्नेछन् भने छनोटमा नपरेका युवाहरूको नाम वैकल्पिक रूपमा राखिने र विस्तारै समेटिँदै जाने व्यवस्था गरिने छ । छनोटमा परेका युवाहरूलाई पहिलो वर्ष एडभान्स तालिम दिने गरि कार्यविधि तयार भइरहेको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले बताए । “आवेदन दिएका युवाहरूको माग अनुसारको लामो (एडभान्स) तालिमको व्यवस्था गरिनेछ, अनुन्धान केन्द्रहरूमा व्यवहारिक तालिम लिएपछि युवाहरू कृषि उद्यम गर्न योग्य हुनेछन्,” उनले भने, “छनोटमा नपरेका युवाहरूलाई यदी कोही छनोटमा परेकाले छाडेमा सोही स्थानमा वा अर्को वर्ष स्वतः छनोटमा पारिने लगायतका व्यवस्था गर्नेगरि कार्यविधि तयार भइरहेको छ ।” उनले एक वटक दिएको आवेदनलाई तीन वर्षसम्म प्राथमिकताको सूचीमा राखेर युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजना रहेको बताए । बैंक, युवा कृषक र मन्त्रालयको संयुक्त लगानीमा छनोटमा परेका युवाले कृषि उद्यम गर्नुपर्ने हुन्छ । सरकारले कुल आयोजनाको ५० प्रतिशत हिस्सा बैंक मार्फत् अनुदान उपलब्ध गराउने छ भने २५ प्रतिशत बैंकले र २५ प्रतिशत कृषकले व्यवहोर्ने गरि कार्यक्रम सञ्चालनमा ल्याउने योजना मन्त्रालयको छ । छनोटमा परेका कृषकलाई सरकारी ग्यारेन्टीमा बैंकले विना धितो ऋण दिने व्यवस्था गरिने भएको छ । योजना प्रभावकारी बनाउन विज्ञ, कृषक तथा सरोकारवालाको समेत सल्लाह सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने मन्त्रालयले जनाएको छ ।
अर्थतन्त्र कृषिमा १ अर्बको युवा विशेष कार्यक्रम
लोकप्रिय
अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा…

वालुवाटारमा एकाएक बढ्यो चहलपहल नयाँ मन्त्री यी हुन् !
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भदौ तेस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरको तयारीमा छन् । नेकपा कार्यदलले सरकारका काम प्रभावकारी बनाउन सङ्घ तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएपछि प्र्रधानमन्त्रीले गृहकार्य अगाडि बढाएको बुझिएको छ…

कोरोना पीडितको दाहसंस्कारमा स्थानीयको आक्रमण, आधा जलेको लाश बोकेर भागे मृतकका आफन्त
काठमाडौं। कोरोनाभाइरसको बारेमा हल्ला यतिसम्म फैलिएको छ कि मानिसहरु यसको नाम सुन्नासाथ त्रसित हुन थालेका छन् । यसको त्रास बढ्दै जाँदा मानिसहरुले संक्रमित व्यक्तिसँग मात्र होइन शवसँग पनि अत्यन्तै अमानवीय व्यवहार गर्न थालेका छन् ।…

फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा
काठमाडौ । थारुहट/थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय,…

चितवनमा ‘कोरोनाको औषधि’ लिनेको लाइन, नबाँड्न प्रशासनको निर्देशन
२९, जेठ, चितवन । बिहीबार मध्यान्ह वडा प्रहरी कार्यालय नारायणगढको सामुन्ने, पुल्चोक न्युरोडदेखि नारायणी नदी किनारसम्म मानिसहरुको लामवद्ध भीड देखियो । मध्यान्हको चर्को घामको समेत प्रवाह नगरी झण्डै दुई–तीन सय मिटर लाममा उभिएकाहरु ‘कोरोनाको औषधि’…
