हाम्रो देश
८ बैशाख २०७८, बुधवार

पत्रकार महासंघको निर्वाचन आज, केन्द्रीय समितिको ४९ पदमा १५२ को उम्मेदवारी

काठमाडौं–    नेपाल पत्रकार महासंघको सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदै छ।

पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।

महासंघमा हाल १३ हजार १२२ सदस्य रहेका छन्। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ।

केही शाखा र प्रतिष्ठानमा यसअघि नै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आजमात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

केन्द्रीय समितिको ४९ पदका लागि १५२को उम्मेदवारी परेको छ। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल, निर्मला शर्मा तथा गजेन्द्रसिंह बुढाथोकीको उम्मेद्वारी परेको छ।

प्रतिकृया दिनुहोस्